हेटौंडाः प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा प्रेस चौतारी मकवानपुरले हेटौंडामा अन्तरक्रियाको आयोजना गरेको छ । नेकपा एमाले मकवानपुरको पार्टी कार्यालयमा प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षता तथा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सदस्य सुनिल खड्का, पूर्वकेन्द्रीय सदस्य प्रताप विष्ट, महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर, महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईंको आतिथ्य रहेको थियो ।