हेटौंडाः काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको गाडीमा बरामद भएको २५० वटा मरेका कुखुरा मकवानपुर प्रहरीले नष्ट गरिदिएको छ । शुक्रबार साँझ साढे ५ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ४१८० नम्बरको पिकअप गाडीमा मरेका कुखुरा बरामद भएपछि ईलाका प्रहरी कार्यालय भीमफेदी अगाडिबाट प्रहरीले मरेका कुखुरा बोक्ने गाडी नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएको मरेका कुखुरा प्रहरीले हेटौंडा–८, कर्रामा खाल्डो खनेर गाडिदिएको प्रहरीले जनाएको छ । कुखुरा व्यवसायीको समेत उपस्थितिमा प्रहरीले मरेका कुखुरा नष्ट गरेको जानकारी दिएको छ ।