हेटौंडाः २४ घण्टाको अवधिमा मकवानपुर जिल्लामा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दैनिक रुपमा सार्वजनिक गर्ने विवरणअनुसार शुक्रबार प्रकाशित विवरणमा २९ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा १५ जना र ३२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
२४ घण्टाको अवधिमा ८१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी हाल होम आइसोलेसनमा बसेका १ सय ७३ जना र संस्थागत आइसोलेसनमा बसेका १२ जना रहेका छन् । यससँगै मकवानपुरमा अहिले सक्रिय संक्रमितको संख्या १ सय ७५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।