हेटौंडाः मकवानपुर जिल्लाभित्र सञ्चालनमा रहेका बालुवा प्लान्ट (क्रसर उद्योग) हरुको अनुगमन गर्ने निर्णय गरेको छ । बिहीबार जिल्ला समन्वय समिति मकवानपुरमा बसेकोे संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्लाभित्र सञ्चालनमा रहेका बालुवा प्लान्टहरु दर्ता नभएको पाइएमा त्यसलाई तल्काल स्थानीय निकायले बन्द गर्ने निर्णय गरेको छ । ढुङ्गा, गिट्टी र बालुवाको करमा एकरुपता कायम गर्ने निर्णयसमेत भएको छ । यस्तै, राजस्व कार्यालयले बालुवा प्लान्ट उद्योगहरुमा राजस्वको स्रोत तत्काल एकिन गर्ने निर्णय गरेको छ ।
बैठकमा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङ र स्थानीय तहका जनप्रतिनिधिहरुको हसभागिता रहेको थियो ।