Home समाचार ३४ जना संक्रमित हुँदा ११८ जना संक्रमणमुक्त

३४ जना संक्रमित हुँदा ११८ जना संक्रमणमुक्त

सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुर जिल्लामा २४ घण्टाको अवधिमा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ सय १८ जना संक्रमणमुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले दैनिक रुपमा सार्वजनिक गर्ने विवरणअनुसार बिहीबार प्रकाशित विवरणमा ४० जनाको पिसिआर विधिबाट परीक्षण गर्दा २४ जना र ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसैगरी २४ घण्टाको अवधिमा घरमै आइसोलेसनमा बसेका १ सय १७ जना र संस्थागत आइसोलेसनमा बसेका एकजना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै मकवानपुरमा अहिले सक्रिय संक्रमितको संख्या २ सय ३७ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

Exit mobile version