Home मुख्य समाचार गाँजासहित हेटौंडाका ईश्वर पक्राउ

गाँजासहित हेटौंडाका ईश्वर पक्राउ

प्रहरीले गाँजासहित पक्राउ परेका इश्वर लामा ।

हेटौंडाः अवैध लागुऔषध गाँजासहित हेटौंडा–३, तीनताप्केका ३१ वर्षीय ईश्वर लामालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ३१ वर्षीय लामाको घरमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा ४१ किलो ५ सय ग्राम बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको गाँजासहित लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version