फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा बिहीबार १४ जनाले स्वाब संकलन गराएका छन् । ६ जना महिला र ८ जना पुरुषले स्वाब संकलन गराएका हुन् ।

संकलन भएका स्वाब नमुनाहरु कोरोना परीक्षणका लागि हेटौंडा अस्पतालमा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।