कैलाश गाउँपालिकाले बिदा सम्बन्धी जानकारीका लागि जारी गरेको सूचना ।

हेटौंडाः सोनाम ल्होछारको अवसरमा मकवानपुरको कैलाश गाउँपालिकाले २ दिन बिदा दिने निर्णय गरेको छ । मंगलबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले जारी गर्नुभएको सूचनाअनुसार माघ १९ र २० गते दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

यसअघि मकवानपुरको बागमती, बकैया, राक्सिराङ र ईन्द्रसरोवर गाउँपालिकाले ल्होछारको अवसरमा ३ दिन विदा दिने निर्णय गरेको छ । सोनाम ल्होछारकै अवसरमा संघीय सरकार र बागमती प्रदेश सरकारले भोलि माघ १९ गते सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।