प्रेस काउन्सिल नेपालले आइतबार सार्वजनिक गरेको नतीजाअनुसार मकवानपुरका पत्रिकाहरुको वर्गीकरण विवरण ।

हेटौंडाः प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को वितरण संपरीक्षणको नतीजा एकसाथ सार्वजनिक गरेको छ । पछिल्लो आर्थिक वर्ष २०७६/७७ को वार्षिक वितरण संपरीक्षणमा मकवानपुरका २१ वटा पत्रिकाहरु वर्गीकरणमा परेका छन् । आइतबार काउन्सिलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को वितरण संपरीक्षणको नतीजाअनुसार मकवानपुरका पाँच वटा दैनिक, १२ वटा साप्ताहिक, एउटा पाक्षिक र तीन वटा त्रैमासिक पत्रिका वर्गीकरणमा परेको हो ।

वर्गीकरणअनुसार नेपाल सरकारले लोककल्याणकारी सूचना प्रकाशन गर्ने भएकोले पत्रपत्रिकाहरुको वर्गीकरणको नतीजालाई चासोका साथ हेरिन्छ । काउन्सिलले गरेको वर्गीकरण अनुसार दुई वटा दैनिक ‘क’ वर्गमा छ भने तीन वटा दैनिक पत्रिका ‘ख’ बर्गमा परेको छ । यस्तै एउटा साप्ताहिक पत्रिका ‘क’ वर्गमा परेको छ भने नौं वटा साप्ताहिक पत्रिका ‘ख’ वर्गमा र दुईवटा साप्ताहिक पत्रिका ‘ग’ वर्गमा परेको छ । एउटा पाक्षिक पत्रिका ख वर्गमा परेको । एउटा साहित्यिक पत्रिका ‘क’ वर्गमा परेको छ भने दुईवटा साहित्यिक पत्रिका ‘ख’ वर्गमा परेको छ ।

हेटौंडा सन्देश दैनिक प्रादेशिक ‘क’, साझा कुरा दैनिक स्थानीय ‘क’ वर्गमा परेको छ भने समृद्ध समाज दैनिक, प्रदेश दैनिक र थाहा सन्देश दैनिक स्थानीय ‘ख’ वर्गमा रहेको छ । विकास खबरपत्रिका साप्ताहिक ‘क’ वर्गमा परेको छ भने थाहा दर्शन, निकास, मध्यस्थता, सही खबर, नमस्कार, हेटौंडा खबरपत्र, ताम्सालिङ काअी, अखबार र प्रयास साप्ताहिक ‘ख’ वर्गमा परेको छ । यस्तै चिनारी सन्देश र साम साप्ताहिक ‘ग’ वर्गमा परेको छ । मिसाईल पाक्षिक ‘ख’ वर्गमा परेको छ । यस्तै साहित्यिक त्रैमासिक हाम्रो मातृभूमि ‘क’ वर्गमा परेको छ भने अक्षय अक्षर र लोकभावना त्रैमासिक ‘ख’ वर्गमा परेको छ ।

आर्थिक वर्ष २०७६/७७ को देशभरका पत्रपत्रिकाको वर्गीकरणअनुसार दुई सय ३९ वटा पत्रिका ‘क’ वर्गमा परेका छन् भने चार सय ३१ वटा पत्रिका ‘ख’ वर्गमा र एक सय ६१ वटा पत्रिका ‘ग’ वर्गमा परेका छन् । ४५ वटा पत्रिका हुबहु भएकाले वर्ग कायम नभएको पनि काउन्सिलले जनाएको छ ।