हेटौंडाः बागमती प्रदेशसभाको अर्थ तथा विकास समितिको सभापतिमा नारायणबहादुर सिलवाल र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा केशवप्रसाद पोखरेलको उम्मेदवारी परेको छ । आइतबार ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न निर्धारण गरिएको समयमा दुवै समितिमा एक÷एक जनाको उम्मेदवारी परेको हो ।

उम्मोदवारी दर्ता गराउने दुवै नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्यहरु हुनुहुन्छ । अर्थ तथा विकास समितिको सभापतिका उम्मेदवार नारायणबहादुर सिलवालको प्रस्तावकमा शशी जंग थापा र समर्थकमा आशामाया तामाङ हुनुहुन्छ । यस्तै शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिका उम्मेद्वार केशवप्रसाद पोखरेलको प्रस्तावकमा दावा दोर्जे लामा र समर्थकमा प्रकाश श्रेष्ठ रहनुभएको छ ।

सोमबार दुवै समितिको बैठकमा सभापति निर्वाचित भएको घोषणा गरिने प्रदेश सभा सचिवालयका अधिकारीले जानकारी दिएका छन् ।