हेटौंडाः मकवानपुरमा शुक्रबार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ सय १ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ४१ जनामा र १ सय ६ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका मात्रै ५९ जना रहेका छन् । यस्तै संक्रमण पुष्टि हुनेमा मनहरीका १० जना, थाहा नगरपालिकाका नौ जना र राक्सिराङ गाउँपालिकाका एक जना रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १७ हजार ५ सय १६ जना पुगेको छ ।
जिल्लामा यसै अवधिमा २ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । होम आइसोलेसन बस्ने २ सय ४० जना र संस्थागत आइसोलेसनमा उपचाररत छ जना कोरोना संक्रमणुक्त भएका हुन् । संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका १ सय ६४ जना, मनहरी गाउँपालिकाका ३८ जना, थाहा नगरपालिकाका २० जना, मकवानपुरगढी गाउँपालिकाका १४ जना र बकैया गाउँपालिकाका १० जना रहेका छन् ।
जिल्लामा अहिले १ हजार १७ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार सात जना होम आइसोलेसनमा र १० जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।