हेटौंडाः मकवानपुर क्रिकेट संघको आयोजनामा शुक्रबार मकवानपुर र कलैया क्रिकेट एकेडेमीबिच मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता भइरहेको छ । हेटौंडाको हुप्रचौर जारी प्रतियोगितामा पहिलो इनिङ सकिँदा कलैयाले मकवानपुर सामु १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर सुरुवाती व्याटिङको निम्तो पाएको कलैयाले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको छ । कलैयाको लागि अरनिको यादवले सर्वाधिक ८४ रन बनाए । कलैयाकै निरज यादबले ३२ रन र अनिल शाहले २० रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मकवानपुरका बलर रिजन ढकाल र कप्तान रामनरेश गिरीले समान ६ ओभर बलिङ गर्दै १/१ ओभर मेडन राख्दै २/२ बिकेट लिए । दोस्रो इनिङमा मकवानपुरले अहिले ब्याटिङ गर्दैछ ।