फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा शुक्रबार ४४ जनाले स्वाब संकलन गराएका छन् ।

२९ जना महिला र १५ जना पुरुषले स्वाब संकलन गराएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । संकलित स्वाब हेटौंडा अस्पतालस्थित प्रयोगशालामा पठाइएको जनस्वास्थ्य निरीक्षकले बताउनु भयो ।