हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालमा सन् २०२१ मा ७९ हजार जनाले आँखा जाँच गराएका छन् । ती मध्ये ७३ हजार ८ सय ८९ जनाले वहिरङग सेवा लिएका छन् भने ५ हजार १ सय १४ जनाले आकस्मिक सेवा लिएको अस्पतालले जनाएको छ ।

विभिन्न संघ, संस्थासँगको सहकार्यमा हेटौंडा सामुदायिक आँखा अस्पतालले १६ वटा आँखा शिविर सञ्चालन गरेको छ । सन् २०२१ मा मकवानपुरसहित बारा, पर्सा, रौतहटमा शिविर सञ्चालन गरिएको छ । आँखा शिविरमा ५ हजार २ सय ५६ जनाले सेवा लिएका छन् । आँखा शिविरमा मोतिविन्दुको समस्या पहिचान भएका ५ सय ६ जनाको आँखाको मोतिविन्दुको शल्यक्रिया गरी उपचार गरिएको हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

आँखा अस्पतालमा विभिन्न किसिमका उपचारका क्रममा ३ हजार ७ सय ५० जनाको आँखाको शल्यक्रिया गरिएको छ । आँखाको जाँच गराउँदा जलविन्दु, झेटियाविन्दु, ओपाल जस्ता रोग देखिएको आँखा अस्पतालले जनाएको छ ।