हेटौंडाः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको पौष महिनामा मात्र १८ लाख ५९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पौष मसान्तसम्म १ करोड १९ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरको तथ्यांकमा उल्लेख छ ।

ट्राफिक प्रहरीले साउन महिनामा १७ लाख ५८ हजार रुपैयाँ, भदौमा पनि १७ लाख ५८ हजार रुपैयाँ र असोजमा २४ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेका छ । यस्तै कार्तिक महिनामा ३३ लाख ८३ हजार रुयैयाँ र मंसिर महिनामा १४ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
पौष महिनामा ठूला सवारी साधनहरु ट्रक, ट्रिपर र ट्याङ्कर गरी जम्मा ४ सय २२ वटालाई कारबाही गरिएको जनाइएको छ । जसबाट मात्र ४ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेका थियो । यस्तै २ सय ६२ वटा बसलाई कारबाही गरी १ लाख ८४ हजार रुपैयाँ राजस्व संंकलन गरेको छ ।

जीप–कार ३ सय ४७ वटालाई कारबाही गरी ३ लाख ४४ हजार रुपैयाँ, ७ सय ३० वटा मोटरसाइकललाई कारबाही गरी ५ लाख ६६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै १ सय ५७ वटा ट्रयाक्टरलाई कारबाही गरी १ लाख ३० हजार ५ सय रुपैयाँ, तीन पाङ्ग्रे सवारी साधन ३ सय ३१ वटालाई कारबाही गरी २ लाख २७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।