हेटौंडाः सोमबार हेटौंडामा ८५ जनाको स्वाब संकलन भएको छ । कोभिड–१९ परीक्षणका लागि हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब संकलन केन्द्रबाट ३६ जना महिला र ४९ जना पुरुषले स्वाब गराएका हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
संकलित स्वाब कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर ल्याबमा पठाइनेछ । पछिल्लो समय कोरोना संक्रमण तिब्र रुपमा फैलिदै गएको छ । यद्यपी कोरोना परिक्षणका लागि स्वाब संकलन गराउने संख्या भने मध्यम रहेको छ ।
जनस्वास्थ्य निरिक्षक चौलागाईका अनुसार संक्रमण परिक्षण गर्नका लागि अधिकांशले एन्टिजेन बिधी प्रयोग गरिरहेकाले स्वाब संकलन गराउन केही संक्रमण दर अनुसार कम रहेको छ । सोमबार स्वाब संकलन गराउनेको संख्यामा आइतबारको भन्दा बृद्धि भएको उहाँको भनाई छ ।