हेटौंडाः मकवानपुरमा शनिबार थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरले दैनिकरुपमा सार्वजनिक गर्दै आएको विवरणअनुसार पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ८५ जनाको परीक्षण गर्दा ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट २५ जनाको परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सक्रिय संक्रमितको संख्या १५ सय पुगेको छ । जिल्लामा यसै अवधिमा २१ जनाले कोरोनालाई जितेका छन् ।