हेटौंडाः मकवानपुरमा शुक्रबार थप १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पीसीआर विधिबाट १७९ जनाको परीक्षण गर्दा १२३ जना र एन्टिजेन विधिबाट ११६ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितमध्ये १४१ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् भने १६ जना थाहा नगरपालिकाका र १५ जना मनहरी गाउँपालिकाका रहेका छन् । यसैगरी मकवानपुरगढीका १२ जना, भीमफेदी र बकैयाका ५/५ जना, इन्द्रसरोबरका २ जना, बागमती र राक्सिराङका १/१ जना संक्रमित रहेको जनाइएको छ ।

यससँगै मकवानपुरमा सक्रिय संक्रमित १ हजार ४ सय ४७ जना पुगेका छन् ।