हेटौंडाः राक्सिराङ गाउँपालिकाको आयोजना तथा परिवार नियोजन संघ हेटौंडाको प्राविधिक सहयोगमा परिवार नियोजनको अस्थायी ईम्प्लान्ट र आयुसिडीको स्याटलाइट सेवा सञ्चालन गरिएको छ । मकवानपुरको सरिखेत स्वास्थ्य चौकीमा मंगलबार, देवीटारमा बिहीबार परिवार नियोजनको अस्थायी ईम्प्लान्ट र आयुसिडीको स्याटलाइट सेवा सञ्चालन गरिएको हो ।

मंगलबार सरिखेतमा भएको स्याटलाइटबाट १९ जनाले सेवा लिएका छन् । यसैगरी आगामी माघ ३ गते काँकडा स्वास्थ्य चौकीमा स्याटलाइट सेवा सञ्चालन हुने सिनियर अहेव यामप्रसाद गौतमले जानकारी दिनुभयो ।