हेटौंडाः नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको छैठौं महाधिवेशनबाट मकवानपुरका व्यवसायी किरणबाबु न्यौपाने सहकोषाध्यक्ष र बासु न्यौपाने लेखा समिति सदस्य चयन हुनुभएको छ ।
छिमेकी जिल्ला चितवनको सौराहामा बिहीबार सम्पन्न निर्वाचन प्रक्रियामा किरणबाबु न्यौपाने सर्वसम्मत सहकोषाध्यक्ष चयन हुनुभएको हो भने २ जना लेखा समिति सदस्यका लागि भएको निर्वाचनमा दोस्रो स्थानमा रहँदै बासु न्यौपाने सदस्यमा निर्वाचित हुनुभएको हो ।
लेखासमिति सदस्यमा तीनजना आकांक्षी थिए । किरणबाबु न्यौपाने पुस्तक तथा स्टेशनरी व्यवसायी संघ मकवानपुरको दुई कार्यकाल अध्यक्ष तथा दुई कार्यकाल केन्द्रीय सदस्य रहिसक्नु भएको छ । यस्तै बासु न्यौपाने पुस्तक तथा स्टेशनरी व्यवसायी संघ मकवानपुरको निवर्तमान अध्यक्ष हुनुहुन्छ । अधिवेशनबाट सञ्जय चौधरी अध्यक्ष चयन हुनुभएको छ ।