फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा बिहीबार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५४ जनामा र ४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५१ जना, मनहरी गाउँपालिकाका ७ जना, थाहा नगरपालिकाका २ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना र भिमफेदी गाउँपालिकाका ९ जना रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ८ सय ५५ जना पुगेको छ ।

जिल्लामा हाल २ सय ७९ जना कोरोना भाइरस संक्रमणका सक्रिय संंक्रमित रहेका छन् । जसमध्ये ३ जना संस्थागत आइसोलेसनमा र २ सय ७६ जना होमआइसोलेसनमा उपचाररत छन् । यसै अवधिमा ३ जनाले कोरोनालाई जितेका छन् । योसँग जिल्लामा कोरोना जित्नेको कुल संख्या १५ हजार ३ सय ३९ पुगेको छ ।