मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीलाई सहयोग रकम हस्तान्तरण गर्नुहुँदै कमल बहादुर विष्ट ।

हेटौंडाः पितृको स्मृतिमा हेटौंडा–१७, हटियाका कमल बहादुर विष्टले हेटौंडा–११ स्थित मामाघर नेपाललाई सहयोग गर्नुभएको छ । पिता नरबहादुर बिष्टको स्मृतिमा कमलबहादुर विष्टले आइतबार मामाघर नेपाललाई ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीका अनुसार विष्टका परिवारको सदस्य मामाघर नेपालमै उपस्थित भएर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सडक बालबालिकामुक्त समाज निर्माणका लागि दैनिकजसो सहयोग प्राप्त भइरहेको अध्यक्ष पराजुलीको भनाइ छ ।