हेटौंडाः मकवानपुर प्रहरीले ४५ किलो लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ–२ का ४२ वर्षीय भक्तबहादुर थापा मगर र मनहरी–५ का ४१ वर्षीय हीरालाल गुरुङ रहेका छन् ।
बिहीबार दिउँसो १ बजेको समयमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई मनहरी–९ बाट पक्राउ गरिएको प्रहरीले जनाइएको छ । पूर्वपश्चिम राजमार्गमा शंकास्पद रुपमा भारी बोकी आइरहेको अवस्थामा प्रहरीले सुरक्षाजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताउनुभयो । लागूऔषध गाँजासहित पक्राउ परेका २ जनामाथि थप अनुसन्धान भइरहेको उहाँले बताउनुभएको छ ।