जिल्ला छनोटमा सहभागी मकवानपुरका क्रिकेट खेलाडीहरु । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुर क्रिकेट टिमले काठमाडौंमा जारी प्रधानमन्त्री टी–२० कप क्रिकेट प्रतियोगिताअन्तर्गत् बागमती छनोटमा हार व्यहोरेको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा ललितपुरसँग मकवानपुरको टिम ४ विकेटले पराजित भएको हो ।

मकवानपुरले दिएको १ सय १७ रनको लक्ष्य ललितपुरले ६ विकेट गुमाउँदै भेट्टायो । यसअघि टस जितेर पहिले व्याटिङ गरेको मकवानपुरले १७ ओभरमा अलआउट हुँदै १ सय १६ रनमात्र बनाउन सकेको थियो । मकवानपुरका लागि शुभ कंसाकारले ५३ रनको अर्धशतकीय पारी खेलेका थिए ।