हेटौंडाः मकवानपुरमा आइतबार पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २९ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा तीन जनामा र १२ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका तीन जना र थाहा नगरपालिकाका दुई जना रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना पुष्टि हुनको कुल संख्या १५ हजार ५ सय ७७ जना पुगेको छ ।
जिल्लामा यसै अवधिमा तीन जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म कोरोनामुक्त हुनेको कुल संख्या १५ हजार ३ सय ३ जना पुगेको छ । जिल्लामा अहिले ४१ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् ।