हेटौंडाः प्रधानमन्त्री टि–२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोटमा मकवानपुरले विजयी सुरुवात गरेको छ ।
मुलपानी मैदानमा आज भएको खेलमा मकवानपुरले त्रिभुवन विश्वविद्यालय (टियू) लाई २३ रनले पराजित गरेको हो । १३३ रनको लक्ष्य पछ्याएको टियूले २० ओभरमा ९ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले २० ओभरमा ७ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । मकवानपुरका लागि उपकप्तान सुमन सुनारले अबिजित रहँदै सर्वाधिक ७९ रन बनाएका थिए ।