विद्यार्थीलाई स्वेटर र व्याग हस्तान्तरण गर्नुहुँदै नारायणलाल श्रेष्ठ ।

हेटौंडाः हेटौंडा–१२ स्थित पशुपति आधारभूत विद्यालय (आवि) का पूर्वविद्यार्थी नारायणलाल श्रेष्ठले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वेटर र व्याग सहयोग गर्नुभएको छ । विद्यालयमा अध्ययनरत ६५ जना विद्यार्थीलाई आइतबार बिहान स्वेटर र व्याग सहयोग गरिएको हो ।

लायन्स क्लब, औषधी व्यवसायी संघ, चुरेहिल हस्पिटलमा आवद्ध श्रेष्ठले आफू पढेको विद्यालयमा पुगेर सहयोग गर्न पाउँदा खुसी लागेको श्रेष्ठले बताउनुभएको छ । करिब ६५ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गर्नुभएका श्रेष्ठले सहयोग हस्तान्तरणपछि शैक्षिक सुधारमा सवैको साथ र सहयोग रहनुपर्नेमा जोड दिनुभयो । सामुदायिक विद्यालयहरुको शैक्षिकस्तर कमजोर हुन नहुनेमा पनि श्रेष्ठले ध्यानाकर्षण गराउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा १२ नम्बर वडा सदस्यहरु भुवन खनाल, ज्ञानबहादुर श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक रमा चौलागाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पुडासैनीको पनि उपस्थिति रहेको थियो ।