फाइल तस्बिर ।

हेटौंडाः हेटौंडा–४ स्थित राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ मा २ लाख ४९ हजार ५ सय २६ बोरा सिमेन्ट विक्री गरेको छ । विभिन्न उद्योगका सिमेन्ट विक्री गरेर सहकारीले २५ लाख २५ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको सहकारीका अध्यक्ष यादविन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

शनिबार हेटौंडामा सम्पन्न २२ औं वार्षिक साधारणसभामा सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष पौडेलले सहकारीको कारोबार रकम १० करोड ८१ लाख रुपैयाँ रहेको जानकारी दिनुभयो । सहकारीको सेयर पुँजी १ करोड ७ लाख रुपैयाँ, बचत ६ करोड ५८ लाख रुपैयाँ र लगानी ४ करोड २३ लाख रुपैयाँ रहेको बताइएको छ । सहकारीका अध्यक्ष यादविन्द्र पौडेलको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको हो ।