फाइल तस्बिर ।

हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले हेटौंडामा गुम्बा निर्माण गर्न ५० बोरा सिमेन्ट सहयोग प्रदान गर्नुभएको छ । हेटौंडा–९ स्थित कर्रामा निर्माण भइरहेको गुम्बाका लागि एन्फा अध्यक्ष शेर्पाले सिमेन्ट सहयोग गर्नुभएको हो ।

यस्तै, पूर्व ‘ए’ डिभिजन क्लब सरस्वती क्लबका अध्यक्ष शिसित पराजुलीले पनि ५० बोरा सिमेन्ट प्रदान गर्नुभएको गुम्बा निर्माण समितिका अध्यक्ष टीकाराम लामाले जानकारी दिनुभयो । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्षसमेत रहनुभएका लामाले पूण्य कामका लागि सहयोग प्राप्त हुँदा हौसला मिलेको बताउनुभएको छ । यस्तै हाम्रो खेलकुद डटकमका अध्यक्ष कृष्ण गुरुङले पनि १०० बोरो सिमेन्ट दिने कुरा गर्नुभएको अध्यक्ष लामाले बताउनुभयो ।