हेटौंडाः हेटौंडा–४, पारिजातपथस्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा आज भएको छ । सहकारीका अध्यक्ष आयुष कुमार डोटेलको अध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो ।
साधारणसभालाई सम्बोधन गर्नुहुँदै बोर्डका कार्यकारी उपाध्यक्ष देवकोटाले सहकारीलाई नियम, कानुन अनुसार सञ्चालन गर्न आग्रह गर्नुभयो । सहकारीले समुदायमा आधारित भएर लघुउद्यम सञ्चालन गर्नुपर्नेमा ध्यान दिन आग्रह गर्नुहुँदै कार्यकारी उपाध्यक्ष देवकोटाले सदस्यहरुले नै सहकारीको उचित नियमन गरिरहनुपर्नेमा जोड दिनुभएको छ । साधारणसभामा सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष डोटेलले आर्थिक वर्ष २०७७/७८ मा सेयर पुँजी ९३ लाख ६८ हजार रुपैयाँ रहेको जानकारी दिनुभयो ।
यस्तै सहकारीले ७ करोड ८७ लाख रुपैयाँ बचत संकलन गर्नुका साथै ५ करोड ५४ लाख रुपैयाँ ऋण लगानी गरेको जानकारी दिनुभयो । वार्षिक साधारणसभाको अवसरमा सहकारीले संस्थापक अध्यक्ष वीरेन्द्र भट्ट, असल बचतकर्ता रमेश मानन्धर र असल ऋणी सरस्वती सापकोटालाई सम्मान गरेको छ ।