हेटौंडाः मकवानपुरकोे भीमफेदी गाउँपालिकामा शनिबार राति चोरी भएको लोककवि गणेशलाल श्रेष्ठको शालिक भेटिए पनि शालिक चोर्ने चोर भने अझै भेटिएको छैन । सोमबार भीमफेदी–६ स्थित चिसापानीमा बेवारिसे अवस्थामा श्रेष्ठको शालिक फेला परेको थियो ।
शालिक कसले, किन, कसरी चोरेको हो भन्ने तथ्य अझै पत्ता लागेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्र्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले घटनाको बारेमा अनुसन्धान भइरहेको बताउनुभयो । घटना भएको ६ दिनसम्म पनि अझै चोरीमा संलग्नलाई पक्राउ गर्न सकिएको छैन । आइतबार लोककवि श्रेष्ठको शालिक अनावरण गर्ने कार्यक्रम तय भएको थियो । शनिबार राति नै शालिक चोरी भएपछि शालिक अनावरणको कार्य स्थगित भएको छ ।