हेटौंडाः हेटौंडा–९ स्थित हनुमान गेट नजिक ट्रक र बाइक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा बाइकमा सवार हेटौंडा–११ का २२ बर्षीय विजन वाईबा र हेटौंडा–१२ का विनोद स्याङ्तन रहेको स्याङ्तन रहेको प्रहरीले जनाएको छ ।

आज बुधवार दिउँसो साँढे १ बजेको समयमा हेटौंडाबाट रातोमाटे तर्फ जाँदै गरेको ना ३ ख ९२०० नम्बरको ट्रक र हेटौंडा औद्योगिक क्षेत्रबाट मेनरोड तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००३ प ३२४० नम्बरको बाइक आपसमा ठोक्किएको हो ।

घाइतेहरुको अहिले हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो । ट्रक चालक भने फरार रहेकोे छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दासले बताउनुभयो ।