पेशागत कर्जासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि सम्झौतापत्र आदानप्रदान गरिँदै ।

हेटौंडाः कृषि विकास बैंकले कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत हेटौंडास्थित वन संकायमा कार्यरत प्राध्यापक तथा कर्मचारीलाई बिनाधितो १५ लाख रुपैयाँसम्म कर्जा दिने भएको छ ।

कृषि विकास बैंकमै बैंकिङ कारोबार गरिरहेको वन संकायका प्राध्यापक, कर्मचारीलाई पेशागत कर्जा शीर्षकमा बैंकले बिनाधितो कर्जा दिने सहमति गरेको हो । बुधबार कृषि विकास बैंकको बागमती प्रदेश कार्यालयका निर्देशक राघुनाथ न्यौपाने र वन संकायका डीन डा. बलराम भट्टले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको कृषि विकास बैंक हेटौंडा शाखाका प्रमुख रामप्रसाद गजुरेलले जानकारी दिनुभएको छ ।