फाइल तस्बिर ।


हेटौंडाः मकवानपुरमा बुधबार तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १५ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो । दुई जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा भने कसैमा संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका दुई जना र मकवानपुरगढी गाउँपालिकाका एक जना रहेका छन् । जिल्लामा हाल ३५ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३४ जना होम आइसोलेसनमा र एक जना संस्थागत आइसोलेसनमा छन् । यसै अवधिमा जिल्ला दुई जनाले कोरोनालाई जितेका छन् । होम आइसोलेसन र संस्थागत आइसोलेसन बस्ने एक–एक जनाले कोरोनालाई जितेका हुन् ।