फाइल तस्बिर ।


हेटौंडाः हेटौंडाका ४ जनामा कोरोना पुष्टि भएको छ । ३४ जनामा गरिएको कोरोनाको पीसीआर परिक्षणमा ४ जनामा सोमबार संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै २ जनामा गरिएको ऐन्टिजेन विधिबाट कोरोना परिक्षणमा भने संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो । मकवानपुरमा अहिले ३४ जना कोरोनाको सक्रिय संक्रमित छन् ।