साधारणसभाको अवसरमा सम्मान गरिँदै ।

हेटौंडाः हेटौंडा–१० स्थित नमस्ते मकवानपुर बचत तथा ऋण सहकारी संस्थाको १३ र्औ बार्षिक साधारणसभा शनिबार भएको छ । सहकारीका अध्यक्ष नवराज खनालको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी कोषाध्यक्ष विष्णु कुमारी लामाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

साधारणसभामा सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सहकारीका अध्यक्ष नवराज खनालले सहकारीले २ करोड ६४ लाख ७५ हजार रुपैयाँ ऋण लगानी गरेको जानकारी गराउनुभयो । सरकारीको सेयर पुँजी ३० लाख ३५ हजार रुपैयाँ रहेको र बचत १ करोड ६३ लाख ३३ हजार रुपैयाँ रहेको अध्यक्ष खनालले जानकारी दिनुभयो । साधारणसभाको अवसरमा सहकारीले असल ऋणी, असल बचतकर्ता, असल कारोबारी, उत्कृष्ट कर्मचारी, ज्येष्ठ सदस्य, उत्कृष्ट अंकसहित कक्षा १२ मा उत्तीर्ण गर्ने सेयर सदस्यका परिवारका विद्यार्थीलार्य सम्मान गरेको छ ।