हेटौंडाः नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीको सचिवालयको बैठक शनिबार बसेको छ । एमाले पार्टी कार्यालय मकवानपुरमा बसेको बैठकमा मकवानपुरका पार्टी अध्यक्ष बद्रि लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।

सचिवालय बैठकले केन्द्रिय कमिटीले जारी गरेको सर्कुलरलाई कार्यन्वयन गर्ने निर्णय गरेको छ । जिल्ला सम्मेलनको तयारी सन्देश दिनका लागि आउँदो माघ–७ गते “अखिल साँझ” कार्यक्रम गर्ने बैठकले निर्णय गरेको अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले बताउनुभयो ।

सचिवालय बैठकमा अखिल केन्द्रिय सचिवालय सदस्य किशन घिसिङ, अनेरास्ववियु केन्द्रिय सदस्य आशिष अस्लामि, अनेरास्ववियु मकवापनुरका सचिव पुस्कर तिमल्सिना लगायत सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो ।