अफिम खेती फँडानी गर्दै प्रहरी ।

हेटौंडाः प्रहरीले मकवानपुरमा गाँजा र अफिम खेती नष्ट गर्ने कार्य जारी राखेको छ । बिहीबारदेखि सुरु गरेको गाँजा र अफिम खेती नष्ट गर्ने कार्य शुक्रबार पनि जारी राखेको छ ।

फँडानी गरिएको गाँजा जलाउँदै प्रहरी ।

शुक्रबार प्रहरीले राक्सिराङ गाउँपालिका–४ मा १४ बिगाहा अफिम खेती र ५ बिगाहा गाँजा खेती नष्ट गरेको छ । बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा प्रहरी निरीक्षक सुमन बानियाँको कमाण्डमा खटिएको ६० जनाको प्रहरी टोलीले भोलि शनिबारसम्म लागुऔषध फँडानी गर्ने बताइएको छ ।