हेटौंडाः हेटौंडा–१८, हर्नामाडीस्थित हर्नामाडी क्योकुशिन कराते संघ (बालकुमारी) जुनियर वेल्ड प्रोमोशन कार्यक्रम भएको छ । ४२ जना खेलाडी प्रोमोशन टेस्टमा सहभागी भएको क्योकुशिन कराते संघ (बालकुमारी) मकवानपुरका प्रशिक्षक विष्णु श्रेष्ठले जानकारी दिनुभयो ।
हर्नामाडी क्योकुशिन कराते संघ (बालकुमारी) का अध्यक्ष भिम लामाको सभाध्यक्षता तथा जिल्ला खेलकुद समिति मकवानपुरका अध्यक्ष सानु लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । क्योकुशिन कराते संघ (बालकुमारी) का अध्यक्ष सुरेन्द्र डंगोल, हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल, विकास महर्जन, श्याम महर्जन, बुद्वीनाथ न्यौपाने, कमल रेग्मी, सुजता भुजेल, सुदर्शन खतिवडा, सीता श्रेष्ठ र सुमन कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।