हेटौंडाः हेटौंडा–२ स्थित पञ्चरत्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक साधारणसभा शनिबार भएको छ । संस्थाका अध्यक्ष भोजमान श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा उपमहागरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

सहकारीमा अहिले १२ सय ९२ जना सेयर सदस्य रहेको सहकारीका अध्यक्ष श्रेष्ठले बताउनुभयो । सहकारीमा सेयर पुँजी १ करोड ७८ लाख रुपैयाँ रहेको जनाइएको छ । सहकारीले अहिले ७ करोड बचत संकलन गरेको छ भने ऋण लगानी ६ करोड गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।