कार्यसमिती चयनपछि सामूहिक तस्बिर ।

हेटौंडाः नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको पाँचौं अधिवेशनले अध्यक्षमा अशोकसुजन श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । शनिबार हेटौंडामा भएको अधिवेशनले उपाध्यक्षमा नवराज वाईबा, सचिवमा रुपा गुरुङ, कोषाध्यक्षमा सन्देश थिङ र सहसचिवमा मनिता रानालाई चयन गरेको छ । यस्तै सदस्यमा जमुना थिङ, मञ्जरी बलामी, आशिष राना प्रज्ञा, भुपेन्द्र राना मगर, भुवन घलान र सम्झना मगरलाई चयन गरेको छ ।

यसैगरी प्रदेश प्रतिनिधिमा मीना श्रेष्ठ, दुदुमाया सिन्तान, आदर्श थोकर, जनक तामाङ र उमेश राई चयन भएका छन् भने केन्द्रीय प्रतिनिधिमा सुरेश श्रेष्ठ, कृष्ण सारु मगर, सूवर्णलाल श्रेष्ठ र रञ्जीता डंगोल चयन भएका छन् । अधिवेशनकै अवसरमा अग्रज पत्रकार सुवर्णलाल श्रेष्ठलाीई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

यस्तैै फोनिजका संस्थापक अध्यक्ष देव लामा, पूर्वअध्यक्ष कुमार नेगी र पूर्णिमा लामालाई पनि सम्मान गरिएको छ । फोनिज मकवानपुरका निवर्तमान अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा हुनुहुन्थ्यो । कार्यक्रममा अग्रज पत्रकार प्रताप विष्ट, वनकरिया समुदायका अगुवा सन्तमाया वनकरिया र विष्णुमाया वनकरियाको पनि उपस्थिति रहेको थियो ।