रक्तदान गरिँदै ।

हेटौंडाः हेटौंडामा शनिबार नौ जनाले रक्तदान गरेका छन् । योगदान राष्टका लागि मकवानपुरको शाखाको आयोजना तथा रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

रक्तदान गर्नेमा आठ जना पुरुषसहित एक जना महिला रहेको रक्तसंचार केन्द्र हेटौंडाका प्राविधिक विष्णु रिमालले जानकारी दिनुभयो । उहाँ अनुसार आगमी मंगलबार, बुधबार र पुस ३ गते पनि रक्तदान गर्ने कार्यक्रम रहेको छ ।