Home मुख्य समाचार अधिकारीको पुस्तक ‘मकवानपुरमा मिडिया’ विमोचन

अधिकारीको पुस्तक ‘मकवानपुरमा मिडिया’ विमोचन

पुस्तक विमोचन गर्नुहुँदै प्रमूख अतिथि बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा लगायत अतिथिहरु ।

हेटौंडाः पत्रकार गिरिजा अधिकारीको पुस्तक ‘मकवानपुरमा मिडिया’ विमोचन भएको छ । राइनिसी मिडिया एण्ड रिसर्च सेन्टरले प्रकाशनमा ल्याएको मकवानपुरमा मिडिया नामक पुस्तक बिहीबार हेटौंडामा विमोचन गरिएको हो । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस्तक विमोचन गर्नुभएको हो ।

मकवानपुरका आग्रज पत्रकार रामचन्द्र फुर्सतीले लेखक अधिकारीको पुस्तकबारे परिचर्चा गर्नुभएको थियो । फुर्सतीले पत्रकारिताको इतिहास बताउनुहुँदै मकवानपुुरमा मिडियाको सुरुवात, अग्रज पत्रकारको मागर्दशन र डिजिटल युगमा सञ्चार जगतका विषयमा पुस्तक तयार भएको बताउनुभयो । मकवानपुरमा दैनिक पत्रिका डेढ दर्जन, सप्ताहिक पत्रिका एक दर्जन र रेडियोहरु डेढ दर्जन भन्दा बढि रहेको र पत्रकारहरु पनि आधा हजार भन्दा बढी भएको फुर्सतीले बताउनुभयो । लेखक अधिकारी दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले इतिहास आफैंमा पूर्ण नभएको बताउनुहुँदै संघर्ष तथा क्रियाशीलताले व्यक्ति नै इतिहासको वास्तविक रुचि हुने बताउनुभयो । जसरी सामाजिक परिवर्तनमा पत्रकारिता अघि बढेको छ त्यसैगरी स्वदेशको मात्र प्रवर्धन तथा प्रयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रम राइनिसी मिडिया एण्ड रिसर्च सेन्टरका प्रमुख नवराज न्यौपानेको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तान, प्रदेश सभा सदस्य मुनु सिग्देल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्रीप्रसाद लम्साल, नेपाली कांग्रेसका प्रवक्ता प्रदीप कोइराला, नेकपा माओवादीका प्रचारप्रसार विभाग प्रमुख कमानसिं पाख्रिन, नेकपा (एस) का अध्यक्ष श्रीधर पोखरेल, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको उपस्थिति रहेको थियो ।

Exit mobile version