राजकुमार लामिछाने हेटौँडा–४

हेटौंडाः साहित्यकार राजकुमार लामिछानेको हास्यव्यङ्ग्य निबन्ध संग्रह बुद्विपुराण शुक्रबार लोकार्पण हुने भएको छ । लामिछानेको २०७४ सालमा प्रकाशित ‘पुतलाको पावर’ हास्यव्यङ्ग्य निबन्ध संग्रहपछि दोस्रो हास्यव्यङ्ग्य निबन्ध संग्रह बुद्विपुराण लोकार्पण हुन लागेको हो ।

सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा साहित्य संगम मकवानपुरको सभाहलमा बुद्धिपुराणको लोकार्पण गरिने लामिछानेले जानकारी दिनुभयो । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्षसमेत रहनुभएका लामिछाने कानुन सेवाका कर्मचारी हुनुहुन्छ ।