हेटौंडा उपमहानगरपालिकाका फुटबल टिम ।

हेटौंडाः बकैया गाउँपालिकालाई पराजित गर्दै हेटौंडा उपमहानगरपालिका हुप्रचौरमा जारी अन्तरपालिका जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार भएको एकमात्र क्वाटरफाइनल खेलमा हेटौंडाले बकैयालाई ३(१ गोलअन्तरले पराजित गर्न सफल भयो । खेलमा सुरुवाती अग्रता हेटौंडाले लिएको थियो । खेलको पहिलो हाफको १२ औं मिनेटमा बकैयाका खेलाडीले डि(बक्सभित्र ह्यान्ड गर्न पुग्दा पाएको पेनाल्टीलाई हेटौंडाका कप्तान बिबेक गुरुङ ले सदुपयोग गर्दै गोल गर्न सफल भएका थिए । खेलको ३२ औं मिनेटमा बकैयाका अभिषेक भोलन ले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ १(१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४७ औं मिनेटमा हेटौंडाका अनिश महर्जन ले गोल गर्दै पुनस् हेटौंडालाई २(१ गोलको अग्रता दिलाए भने खेलको इन्जुरी समयमा ललित चौलागाईंले गोल गर्दै ३(१ गोलअन्तरले हेटौंडाको जीत सुनिश्चित गरेका थिए । खेलको म्यान अफ दि म्याच हेटौंडाका अनिल थापा भए ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको ब्यवस्थापनमा जारी प्रतियोगितामा हेटौंडासहित थाहा नगरपालिका, बागमती गाउँपालिका र भीमफेदी गाउँपालिका सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भोलि बुधबार हुने पहिलो सेमिफाइनल खेलमा भीमफेदी गाउँपालिका र थाहा नगरपालिका प्रतिस्पर्धा गर्नेछन् भने बिहिबारको दोस्रो सेमिफाइनल खेल हेटौंडा र बागमतीबिच हुने आयोजकले जनाएको छ ।