फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा मंगलबार तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३७ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । १ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा भने कसैमा संक्रमण पुष्टि नभएको जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा तीनै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ५ सय ८ जना पुगेको छ । यसै अवधिमा जिल्लामा चार जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । होम आइसोलेसन बस्ने चार जना कोरोनामुक्त भएका हुन् । योसँगै हालसम्मका कोरोनामुक्त हुनेको कुल संख्या १५ हजार २ सय २६ जना पुगेको छ ।

जिल्लामा हाल ५३ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसध्ये ५१ जना होम आइसोलेसनमा र दुई जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।