हेटौंडाः कांग्रेस बागमती प्रदेश सभापतिको दोस्रो चरणको निर्वाचनको मतगणना अहिले जारी छ । हालसम्म १ हजार मत गन्दा देउवा पक्षका इन्द्र बानियाँ अघि रहेका छन् । उहाँले ५ सय २६ मत पाउनुभएको छ । यस्तै उहाँलाई पछ्याउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका प्रदेश सभापतिका उम्मेदवार जगदिश्वर नरसिंह केसीले ४ सय ७० मत प्राप्त गर्नुभएको छ ।

शनिबार भएको निर्वाचनमा प्रदेश सभापतिको लागि ५० प्रतिशत बढी मत ३ जना उम्मेदवारले ल्याउन नसकेपछि आज पुनः मतदान भएको थियो । आज दिउँसो साढे १ बजे दोस्रो चरणको मतदान भएको थियो । साँझ साढे ५ बजे मतदान सकिएको थियो । कुल २ हजार २६ मत खसेको मतदान अधिकृत रामकुमार अधिकारीले बताउनुभयो । आज प्रदेश सभापतिको मतगणना सकाउने उहाँले बताउनुभयो । त्यसपछि मात्र अन्य पदाधिकारीको मतगणना हुनेछ ।