हेटौंडाः मकवानपुरमा शुक्रबार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ३ जनामा र ९ जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३ जना र थाहा नगरपालिकाका १ जना रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ४ सय ९१ जना पुगेको छ । जिल्लामा अहिले ४७ जना कोरोना भाइरस संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४३ जना होसआइसोलेसनमा र ४ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
जिल्लामा यसै अवधिमा ६ जनाले कोरोनालाई जितेका छन् । होम आइसोलेसन बस्ने ६ जनाले कोरोनालाई जितेका हुन् । योसँगै जिल्लामा हालसम्म कोरोना जित्नेको कुल संख्या १५ हजार २ सय १५ जना पुगेका छन् ।