फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा बुधबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १९ जनाको परिक्षण गर्दा ५ जनामा र एन्टिजेन विधिबाट ९ जनाको परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५ जना र मनहरी गाउँपालिकाका ३ जना रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ४ सय ८३ जना पुगेको छ ।
जिल्लामा यसै अवधिमा ८ जना कोरोेना संक्रमित कोरोनामुक्त भएका छन् । होम आइसोलेसन बस्ने ८ जना कोरोना संक्रमण मुक्त भएका हुन् । योसँगै जिल्लामा हालसम्म कोेरोनामुक्त हुनेको कुल संख्या १५ हजार २ सय ९ जना पुगेको छ ।

जिल्लामा अहिले ४६ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५ जना होम आइसोेलेसनमा र १ जना संस्थागत आइसोलेसनमा उपचारत छन् ।