Home मुख्य समाचार नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर अध्यक्षमा तीर्थ, कैलाश अध्यक्षमा बालकुमार सर्वसम्मत

नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर अध्यक्षमा तीर्थ, कैलाश अध्यक्षमा बालकुमार सर्वसम्मत

नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर अध्यक्षमा सर्वसम्मत निर्वाचित तीर्थबहादुर थापा मगरलाई बधाई दिँदै माला लगाइदिँदै ।

हेटौंडाः नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा तीर्थबहादुर थापा मगर र कैलाश गाउँपालिकाको अध्यक्षमा बालकुमार मल्ल सर्वसम्मत निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न पालिकास्तरीय अधिवेशनबाट निर्वाचित सदस्यहरुमध्येबाट पदाधिकारी चयन गर्ने क्रममा सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

मंगलबार हेटौंडा–४, गर्दोईस्थित पार्टी कार्यालयमा नगर कमिटीका नवनिर्वाचित सदस्यहरुमध्येबाट थापालाई सर्वसम्मत अध्यक्ष चयन गर्ने निर्णय भएको हो । यस्तै महिला उपाध्यक्षमा सोनी गुरुङ, कोषाध्यक्षमा तारा मुक्तान र सहसचिवमा राजकुमार बानियाँ सर्वसम्मत निर्वाचित हुनुभएको छ । सोमबार भएको नगर अधिवेशनबाट ७२ सदस्यीय नगर कमिटी चयन भएको थियो । नगर कमिटीका सदस्यहरुमध्येबाट पदाधिकारी चयन गर्ने कार्य जारी छ । नगर कमिटी सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको नवनिर्वाचित अध्यक्ष तीर्थबहादुर थापा मगरले जानकारी दिनुभएको छ ।

नेकपा माओवादी केन्द्र कैलाश अध्यक्षमा बालकुमार मल्लसहित माओवादी नेता, कार्यकर्ताहरु ।

१ जना सचिव पदका लागि ५ जना र २ जना उपाध्यक्षका लागि ५ जना आकांक्षी भएसँगै सर्वसम्मत चयनको प्रक्रिया पूरा हुन नसकेको जानकारी दिनुहुँदै अध्यक्ष थापाले सर्वसम्मत चयनको प्रयास जारी राख्ने बताउनुभएको छ । नगर कमिटीमा ९ जना सदस्य मनोनित गरी ८१ सदस्यीय नगर कमिटी गठन हुने व्यवस्था पार्टीको विधानमा रहेको अध्यक्ष थापाले बताउनुभएको छ । नगर कमिटीमा ९ जना सदस्य मनोनित गरी ८१ सदस्यीय नगर कमिटी गठन हुने व्यवस्था पार्टीको विधानमा रहेको अध्यक्ष थापाले बताउनुभएको छ । हेटौंडा उपमहानगरसँगै सोमबार मकवानपुरको कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा पनि अधिवेशन भएको थियो ।

कैलाश गाउँपालिका कमिटीमा निर्वाचित ५५ जना सदस्यहरुमध्येबाट सोमबार नै बालकुमार मल्ललाई अध्यक्ष चयन गरेको छ भने उपाध्यक्षमा ठाकुर सिं थिङ, लालसिं गुरुङ र डबल तामाङ, सचिवमा कमल अर्याल, सहसचिवमा रबिन्द्र थिङ र सुजाता फुयाल, कोषाध्यक्षमा सुस्मिता दोङ चयन हुनुभएको छ । मकवानपुरगढी गाउँपालिकाले भने पदाधिकारी चयनको कार्य मंसिर १७ गते गर्ने जनाएको छ ।

Exit mobile version